Download "Radio Nepali Android App" for your Android Phone/Tablet and listen to more than 170 FM stations LIVE from Nepal.Go to Play Store and search for Radio Nepali to install or if you are viewing this on your Android Phone/Tablet's then click this link:Radio Nepali Download

नेपाली राजदूतावास क्वालालम्पुर मलेशियाको नेपाली राहदानी नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना!

"अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (International Civil Aviation Organization (ICAO)) को प्रावधान अनुसार सम्पूर्ण हस्तलिखित राहदानहरु (Hand Written Passport) आगामी २०१५ नोभेम्बर २४ पछि प्रयोग गर्न नसकिने भएकोले मलेशियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुले आफूसंग रहेको हस्तलिखित राहदानीलाई २०१५ नोभेम्बर २४ अगावै यन्त्रले पढ्न सक्ने राहदानी, MRP (Machine Readable Passport) मा नवीकरण गर्ने प्रक्रियाका लागि राजदूतावासमा सम्पर्क गर्नुहुन यसै सूचनाद्धारा जानकारी गराईएको छ ।

यन्त्रले पढ्न सक्ने राहदानी, MRP (Machine Readable Passport) काठमाडौँबाट तयार भई आउने भएकोले राहदानी नवीकरण गर्न करिब ४ महिना समय लाग्ने हुंदा समयमै आ आफ्नो राहदानी नवीकरण गर्न हुन समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

राहदानी नवीकरण प्रक्रियाका लागि आवश्यक कागजातको विवरण यस राजदूतावासको website www.nepalembassy.com.my को Downloads खण्ड र राहदानी बिभागको website www.dopmofa.gov.np बाट प्राप्त गर्न सकिने छ । "

मलेशियाको नेपाली राजदूतावास यन्त्रले पढ्न सक्ने नयाँ पासपोर्ट (MRP) लिन चाहिने (नभै नहुने मात्र) प्रमुख सामग्रीहरु  (बिस्तृत जानकारी का लागि राजदुताबासमा सम्पर्क गर्नु होला):

१) नेपाली नागरिकताको सक्कल
२) चार ओटा पासपोर्ट साईजको रंगीन फोटो, सबै फोटो को पछाडी निवेदक को नाम लेखेको हुनुपर्ने
३)  हालको हस्त लिखित पासपोर्ट सक्कल
४)  मलेशियाले  दिएको "calling visa" को फोटोकपी
५) स्वास्थ्य बिमा को कागजात
६)  साइन सहितको कम्पनी र कामदार बिचको करार पत्र  
७) कम्पनीको कर्मचारी र कामदार दुबै जना राजदुताबासमा औलाछापको लागि  आउन पर्ने

नयाँ पासपोर्ट लिन भर्न पर्ने फारामहरु तल भएका लिङ्कहरुमा क्लिक गरेर डाउनलोड गर्नुहोश :

1) नयाँ पासपोर्ट लिन चाहिने कागजातहरुको विवरण:  यहाँ क्लिक गर्नुहोश  अथवा यहाँ क्लिक गर्नुहोश

2) नयाँ पासपोर्ट लिन भर्न पर्ने फाराम: यहाँ क्लिक गर्नुहोश

3) पासपोर्ट Fee:  RM 310/-

Chautari

More Topics »

Nepali TV Shows

Jire-Khursani Meri-Bassai Tito-Satya
Hijo-Aaja-Ka-Kura Harke-Haldar Jhyaikuti
Capture Dishanirdesh ToughTalk
Rajatpat KhabarBhitra UkaliOrali
Fireside NepaliPop NepaliLok

अरु पनि नेपाली TV च्यानलहरु हेर्नलाई माथि "Nepali LIVE TV" Menu मा click गर्नु होस् ।

Disclaimer: We do not host any video/audio content in our server. www.radionepali.com contains the links from public hosting websites like youtube.com. Please contact relevant hosting companies for vidoe/audio removal claims.

Copyright © 2014 Radio Nepali. All Rights Reserved.
Joomla! is Free Software released under the GNU General Public License.
000420292